प्रहरीले रसुवाबाट एक हजार २२५ थान भेप (विद्युतीय चुरोट)सहित दुईजनालाई पक्राउ परेको छ । गएराति एक बजेर ३० मिनेटको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
गोसाईंकुण्ड गाउँपालिका– २, दालफेदी बस्ने मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा उनको घरको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा एक हजार २२५ थान भेप भेटिएको हो । त्यसको मूल्य ३६ लाख ७६ हजार पर्न आउने प्रहरीले जनाएको छ ।
भेपसहित प्रहरीले रसुवाका मम्माया तामाङ, राजकुमार तामाङ, छोमाया तामाङ, धादिङका केशबहादुर गुरुङ, धादिङकै सहिन गुरुङ, बाजुरा बढिमालिकाका सागर खत्री, नुवाकोट तादीका सुवास तामाङ, खलढुंगा भदौरेका नेत्रबहादुर थापामगरलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
