पिंगलास्थानमा फोटो स्टुडियो सञ्चालकलाई कुटपिट गरी दुई लाख लुटियो

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंको पिंगलास्थानस्थित हाम्रो डिजिटल स्टुडियोका सञ्चालक विष्णु न्यौपानेलाई कुटपिट गरी फिरौती असुलेको आरोपमा दुईजना पक्राउ परेका छन्। धनकुटा महालक्ष्मी- ७ घर भई हाल कीर्तिपुर बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषा मिथिला–८ घर भई हाल कागेश्वरी मनोहरा- ८ बस्ने ४३ वर्षीय रविन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूले ४ जेठको साँझ स्टुडियोमा गई न्यौपानेलाई नियन्त्रणमा लिएर कुटपिट गरी उनको स्टुडियोमा रहेको २ लाख नगद लुटेका थिए। पछि उनलाई निलोपुलमा लगी आफन्तसँग थप ५० हजार माग्न लगाई रकम उक्त रकमसमेत लिई फरार भएका थिए। प्रहरी वृत्त गौशालाले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। 
 

सुझावित समाचार