१७ स्थान सुधार गर्दै भुर्तेल ओडिआई ब्याटिङ वरीयताको शीर्ष सयमा

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसीको ओडिआई ब्याटिङ वरीयतामा छलाङ मार्दै शीर्ष सयमा स्थान बनाएका छन्।

विश्वकप लिग– २ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेका भुर्तेलले एकैपटक १७ स्थान सुधार गरेका हुन्। उनी सूचीको १००औँ स्थानमा छन्।

दीपेन्द्रसिंह ऐरी सूचीको ९९औँ स्थानमा यथावत् रहँदा आशिफ शेख सात स्थान सुधार्दै ८६औँ स्थानमा उक्लिएका छन्। 

सुझावित समाचार