जिल्ला प्रहरी परिसर काठमाडौंले ठुलो मात्रामा लागुऔषध बरामद गरी दुई युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका- १६, नयाँबजारबाट सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २५ वर्षीय क्रिस श्रेष्ठ र नुवाकोटको लिखु गाउँपालिका ६ घर भई जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका- १६, नयाँबजार बस्ने २३ वर्षीय मनीष खत्रीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट चार हजार तीन सय १२ क्याम्पसुल ट्रामाडोल बरामद गरिएको एसएसपी रमेश थापाले बताए। उनीहरू पेसेवर लागुऔषध कारोबार भएको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान थालेको छ।