प्रधानमन्त्री सदनमा जवाफदेही हुनुपर्छ : राप्रपा सचेतक ओली

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुस्बु ओलीले प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभएसम्म सरकार बलियो बन्न नसक्ने बताएकी छिन्। उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनताका सवालमा जवाफ दिनुपर्ने धारणा व्यक्त गरिन्।

अन्य प्रधानमन्त्रीजस्तै वर्तमान प्रधानमन्त्रीले पनि सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने उल्लेख गर्दै उनले नयाँ सरकार भएकै आधारमा प्रतिपक्षले छुट नदिने स्पष्ट पारिन्। ‘प्रधानमन्त्रीलाई सदनमा खोज्नु भनेको उहाँले जनतालाई दिशा दिनुहुन्छ भन्ने विश्वास हो। प्रधानमन्त्री जसरी पनि जवाफ दिन सदनमा आउनुपर्छ, हामीले उहाँको सुनिश्चितता खोजेका हौँ,’ ओलीले भनिन्।

उनले जनताप्रति सरकार उत्तरदायी नभए त्यसलाई जनताको सरकार भन्न नसकिने बताउँदै उत्तरदायित्व र पारदर्शिताले मात्रै सरकारलाई बलियो बनाउने जिकिर गरिन्।

सुझावित समाचार