सरकारको नीति तथा कार्यक्रमले वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन सकेको छैन : सांसद थेबे

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संशोधन पेस गर्दै थेबेले लोककल्याणकारी राज्यको मूल मर्मलाई यो कार्यक्रमले आत्मसात् गरेकाे  हो कि अस्वीकार गरेको हो ? भनी प्रश्न गरे  । 

नेपालले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र यस नीति तथा कार्यक्रममा कहाँ  प्रतिबिम्बित  छ भनेर प्रश्न गरे । उनले  यदि छैन भने सरकार नवउदारवादी आर्थिक नीतिको दिशामा अगाडि बढ्न खोजेको हो ? भने ।

उनले  राजस्व नीति के हो ? रोजगारी सिर्जनाको स्पष्ट खाका कहाँ छ भन्दै सरकारले भनेजस्तो  डिजिटाइजेसनले मात्र अर्थतन्त्र रूपान्तरण हुन नसक्ने बताए ।

उनले देशमा भएका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एउटा चापाचाप हुनु  र दुईवटा सुनसान हुनुले देशको अर्थतन्त्रमा असर गरेको बताए । उनले तीनवटै विमानस्थललाई सञ्चालन गर्न सरकारले तदारुकता देखाउन आग्रह गरे। 

सुझावित समाचार