आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको हो । स्कटल्यान्डका मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।
नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। नन्दन यादव र करण केसीले समान दुई–दुई विकेट हात पारे।