सुनको भाउ ताेलामा तीन लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला चार हजार चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला तीन लाख दुई हजार नाै सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेर पाँच हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।