गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यु बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यु बिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दसौँ संस्करणमा बैंक सो अवार्डबाट सम्मानित भएको हो ।
यो सम्मानले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ । यसअघि बैंक ‘द बेस्त बैंक’ र ‘बेस्ट एआई–एमल इप्लिमेन्टेसन’ विधामा उत्कृष्ट भएको थियो ।
साथै, बैंक ‘बेस्ट एमएसएमई एक्सेलेरेसन’ विधामा रनर अप र ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२४’बाट समेत सम्मानित भइसकेको छ । बैंकले देशभर एक सय २६ शाखा कार्यालय, ५१ एटिएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।