दुईप्रांग्रे सवारीसाधन निर्माता कम्पनी बजाजले ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ योजना सुरु गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले विशेष अफरसहित यो योजना सुरु गरेको हो ।
सोमबारदेखि भृकुटीमण्डपमा सुरु भएको कार्निभल आगामी जेठ ३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा सहभागी ग्राहकको पुरानो सवारीसाधनको मूल्यांकन पनि गरिने बताइएको छ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले एक लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
साथै, कार्निभलस्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवाशुल्कलगायतका सुविधा पनि पाइनेछ । यो ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।