सरकारले पूर्वाधार निर्माणमा निजी लगानी पनि भित्र्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
हाल नेपालमा सरकारले मात्रै सडक, पुलजस्ता पूर्वाधार परियोजना बनाउँदै आएको छ। तर, पूर्वाधार निर्माणमा निरन्तर स्रोत अभाव झेल्दै आएको सरकारले अब त्यसमा निजी क्षेत्रलाई सहभागी गराउने नीति ल्याएको हो।
यसैगरी पूर्वाधार बन्ड जारी गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ। गैरआवसायीय नेपालीलाई पनि पूर्वाधार निर्माणमा आबद्ध गराउने सरकारको नीति छ। निजी क्षेत्रलाई उच्च प्रतिफल दिने परियोजनामा आकर्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, परियोजनाको निर्माण सम्पन्न नभएसम्म परियोजना प्रमुखजस्ता मुख्य जिम्मेवारी कर्मचारीलाई सरुवा नगर्ने नीतिसमेत सरकारले ल्याएको छ।