सार्वजनिक–निजी साझेदारीमा कृषि कम्पनी स्थापना गरिने

बाली लगाउनुअघि नै समर्थन मूल्य

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले सार्वजनिक–निजी साझेदारीमा कृषि कम्पनी स्थापना र सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी आव ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

यसैगरी, उत्पादनपछि क्षति न्यूनीकरण र आपूर्ति शृंखला सुदृढीकरण गर्ने, बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने र समर्थन मूल्य प्रणालीलाई प्रभावकारी बनाउने सरकारी नीति छ।

यसैगरी, विषादीको आयात र प्रयोग नियमन सुदृढ गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरिने राष्ट्रपति पौडेलले बताए। कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिको निरुत्साहित गर्दै भूमि बैंक प्रणालीमार्फत उत्पादन कार्यक्रममा उपयोग गर्न युवा महिला, भूमिहीन तथा सीमान्तकृत किसानको पहुँच सुनिश्चित गर्ने सरकारले जनाएको छ।

किसान सूचीकरण, परिचयपत्र र किसान क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण वित्तमा पहुँच विस्तार गर्ने सरकारको घोषणा छ।

सुझावित समाचार