सरकारले विदेशी लगानी आकर्षण गर्न विभिन्न देशसँग दोहाेरो कर मुक्त सम्झौता विस्तार गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अहिले विदेशी मुलुकसँग पर्याप्त मात्रामा यस्तो सम्झौता नहुँदा विदेशी लगानी आकर्षण नभएको बताइन्छ।