नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा एक हजारले घटेको छ भने चाँदीको मूल्य भने रु. २५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार नाै सय र चाँदीको मूल्य पाँच हजार तीन सय कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार नाै सय र चाँदी पाँच हजार २७५ मा खरिद–बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।