एमएडब्लू ग्रुपले चितवन अटो सो २०२६ मा एक सयभन्दा बढी गाडीको बुकिङ प्राप्त गरेको छ । यसलाई ऐतिहासिक उपलब्धि मानेको छ । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डबाट बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उपलब्धि कुनै एक ब्रान्डको सफलता मात्र नभई एमएडब्लू ग्रुपअन्तर्गतका अटोमोबाइल ब्रान्ड र मोबिलिटी समाधानको संयुक्त सफलताको परिणाम हो । कम्पनीले व्यक्तिगत सवारीसाधनदेखि व्यावसायिक यातायातसम्मको क्षमता प्रदर्शन गरेको थियो । कार्यक्रममा विशेषगरी फोटोन मोटर्सका लागि ल्याइएका आकर्षक अफरले ग्राहकको उत्साह बढाएको बताइएको छ । खरिदकर्तालाई फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्चको टेलिभिजन, रेफरल बोनस, गिफ्ट ह्याम्पर तथा विशेष नगद छुटजस्ता सुविधा पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा फोटोन मोटर्सले ‘कमर्सियल भेहिकल’ सेग्मेन्टअन्तर्गत ‘बेस्ट एक्जिबिटर’ अवार्डसमेत प्राप्त गरेको थियो । यसले व्यावसायिक मोबिलिटीको क्षेत्रमा ब्रान्डको प्रभावशाली उपस्थिति र नेतृत्वलाई प्रमाणित गरेको कम्पनीको भनाइ छ । १०० भन्दा बढी गाडी बुकिङले कम्पनीको विश्वसनीय बिक्री सेवा, उत्कृष्ट आफ्टर सेल्स सपोर्ट तथा ग्राहकको दीर्घकालीन प्रतिबद्धताप्रतिलाई प्रतिनिधित्व गरेको जनाइएको छ ।