कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले महाभियोग र दुईतिहाइको डरबाट मुक्त हुन सबैलाई आह्वान गरेकी छिन् ।
शनिबार कानून दिवसको अवसरका भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन हुन नसक्ने जिकिर गरिन् ।
उनले जतिसुकै काम गरे पनि त्यो संविधानको विरुद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने दाबी गरिन् ।