उचित प्रक्रिया अवलम्बन नगरी सुकुमवासी बस्ती जबर्जस्ती नहटाउन अन्तरिम आदेश
सर्वोच्च अदालतले उचित प्रक्रिया अवलम्बन नगरी सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन अन्तरिम आदेश दिएको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जबर्जस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न–नगराउन भनेको हो।
उपसभामुखको हस्ताक्षरप्रति हर्क साम्पाङ असन्तुष्ट, प्रधानन्यायाधीश नियुक्तिमा वरीयता मिचिएको आरोप
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरीयता क्रम उल्लंघन गरिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
बिहीबार जारी विज्ञप्तिमा उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संसदीय प्रक्रिया छलेको आरोप लगाउँदै यसलाई विधिको शासनमाथिको प्रहार बताएका हुन्। उनले नियुक्तिसम्बन्धी बैठकमा एमसिसी र एसपिपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि गरेका छन्।
नीति तथा कार्यक्रम २८ वैशाखमा, राष्ट्रपतिले सम्बोधन गर्ने
सरकारले नीति तथा कार्यक्रम २८ वैशाखमा पेस गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २८ वैशाखमा बजेट अधिवेशन प्रारम्भ भएकै दिन राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम वाचन तथा संसदमा टेबुल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रधानन्यायाधीश सिफारिसविरुद्धका तीन रिट निवेदन दरपीठ
प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको सिफारिसविरुद्धका रिट निवेदन दरपीठ भएको छ। सर्वोच्च अदालत प्रशासनले तीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा। शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा। प्रेमराज
विदेशस्थित १५ अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
सरकारले विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १५ अवैतनिक महावाणिज्यदूत र वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
अमेरिकाको क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिड्नी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जकार्ता, इजरायलको रेहोबोट सिटी, साइप्रसको निकोसिया, जर्मनीको एनआरडब्ल्यू, ब्रेमेन, लोअर स्याक्सोनी र वार्सा तथा स्लोभेनिया र माल्टाका अवैतनिक दूत पदमुक्त भएका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
सिलवाल र अधिवक्ता गीता थापाले लगेको छुट्टाछुट्टै रिट निवेदन दरपीठ भएको हो।
खोटाङका तीन तत्कालीन जिशिअसहित १३ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
विद्यालयको भवन निर्माणसम्बन्धी अनियमितताको भ्रष्टाचार मुद्दामा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाले जनाले सफाइ पाएका छन्। विशेष अदालतले मुद्दामा फैसला सुनाउँदै शुक्रबार सफाइ दिएको हो।
तत्कालीन जिशिअहरू डा। गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल, ज्ञानमणि नेपाल, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राईसहित विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिका पदाधिकारीले सफाइ पाएका हुन्।
स्मार्ट टेलिकमको अनियमितता प्रकरणमा थप दुई पक्राउ
स्मार्ट टेलिकमको उपकरण लिलामी गरी हिनामिना गरिएको घटनामा थप दुई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरकी ५५ वर्षीया पलिना श्रेष्ठ र धापासीका ६२ वर्षीय नरेन्द्र उलकलाई पक्राउ गरेको हो।
मदननगरमै केन्द्रीय कार्यालय भवन बनाउन एमाले पुनर्जागरण अभियानको माग
नेकपा (एमाले) पुनर्जागरण अभियानले तत्कालीन पार्टी कार्यालयस्थल मदननगर बल्खुमै पार्टी सदस्य र शुभेच्छुकको सहयोगमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न माग गरेको छ।
‘एमाले पंक्तिको स्वाभिमान, आफ्नै जमिनमा गरौँ कार्यालय निर्माण’ शीर्षकमा शुक्रबार वक्तव्य जारी गर्दै अभियानले यस्तो माग गरेको हो। च्यासल ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा सञ्चालित कार्यालय सरकारको पछिल्लो सूचनाले हट्ने सम्भावना बढेपछि अभियानमा क्रियाशीलहरूका तर्फबाट वक्तव्य जारी गरिएको राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाहीले बताए।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माविरूद्ध उजुरी आह्वान गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर ४ जेठसम्म उजुरी बुझाउन आह्वान गरेको हो। उजुरी सिडिओ कार्यालयमार्फत पनि बुझाउन सकिनेछ।
अमेरिकाविरुद्ध नेपाल ‘ए’ तीन विकेटले विजयी
एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले अमेरिकाविरुद्ध जित निकालेको छ। बिहीबार स्कटल्यान्डमाथि ४५ रनको जित निकालेको नेपालले शुक्रबार अमेरिकासँगको खेलमा तीन विकेटको जित दर्ता गराएको हो।
पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको थियो। सो क्रममा समित पटेलले शतक पूरा गरे। १०८ बल सामना गरेका उनले ११६ रन जोडेका हुन्। यसैगरी, जसदीप सिंह, हर्मित सिंह र मोनान्क पटेलले क्रमशः ३३, २५ र २० रन बनाए।