सरकारले विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १५ अवैतनिक महावाणिज्यदूत र वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
अमेरिकाको क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिड्नी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जकार्ता, इजरायलको रेहोबाेट सिटी, साइप्रसको निकोसिया, जर्मनीको एनआरडब्ल्यू, ब्रेमेन, लोअर स्याक्सोनी र वार्सा तथा स्लोभेनिया र माल्टाका अवैतनिक दूत पदमुक्त भएका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
अनररी कन्सलसम्बन्धी नियमावली, २०३९ (छैटौँ संशोधन)को परिच्छेद २ को नियम ७ (८)बमोजिम ती स्थानहरूमा उनीहरूको सेवाको आवश्यकता र औचित्यतासमेतका आधारमा निर्णय लिइएको प्रवक्ता क्षेत्रीले बताए।