नियमविपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको : शिक्षामन्त्री पोखरेल

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले नियमविपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको भएको बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा पत्रकारले राखेको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘कानुनविपरीत कुनै विद्यालयले शुल्क लिएको छ भने त्यसको रेगुलेटरी बडी भनेको स्थानीय तह हो,’ उनले भने।

त्यसका लागि स्थानीय तहलाई आवश्यक सहयोग गर्न संघ सरकार सधैँ तत्पर रहेको पोखरेलको भनाइ छ। सरकारले नयाँ नियम नल्याएको बताउँदै उनले प्रचलित शिक्षा नियमावलीअनुसार नै विद्यालयले लिन पाउने शुल्कबारे सूचित गराएको प्रस्ट पारे।
 

सुझावित समाचार