संघीय संसद् सचिवालयमा रहेका ट्रेड युनियन खारेज भएका छन्। संसद् सचिवालयको कर्मचारी प्रशासन शाखाले सचिवालयमा कुनै पनि ट्रेड युनियन अस्तित्वमा नरहेको जनाएको हो।
संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले उक्त व्यवस्था हटाएकाले अब कर्मचारी युनियन अस्तित्वमा नरहेका सचिवालयको सूचनामा उल्लेख छ।
