सल्यानमा अब घरमै आइपुग्नेछ राहदानी, प्रशासन र हुलाकबिच सम्झौता

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानमा नागरिकको घरमै पुगेर राहदानी उपलब्ध गराउने कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच सम्झौता भएसँगै राहदानी लिनका लागि प्रशासन कार्यालयसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको हो।

प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा र हुलाक कार्यालयका हुलाक अधिकृत चिन्तामणी रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषदद्वारा स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारण लागू गर्दै हुलाक कार्यालयमाफर्त घरदैलोमै राहदानी पु¥याउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।

राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यताको अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याइएको सापकोटाको भनाइ छ।

जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत रेग्मीले सम्झौता कार्यान्वयनमा आइसकेको जानकारी दिए। उनले हुलाकका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमा बसेर फारम भराउने कार्यको थालनी गरेको बताए।

रेग्मीका अनुसार जनताको घरदैलो सेवा स्वेच्छिक भएकाले हुलाकमार्फत लिन चाहनेले थप एउटा फाराम भर्नुपर्नेछ। घरघरमा पु¥याउनका लागि हुलाक ऐनअनुसार ५५ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एक साताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै पु¥याइउने उनले जानकारी दिए।

सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख छ।
 

सुझावित समाचार