नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आरिफ शेख प्रहरी जवानबाट सहायक हवल्दार पदमा विशेष बढुवा भएका छन्।
बढुवा भएका शेखलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको प्रहरीले जानकारी दिएको छ। उनी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत हुन्।
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धिविक्रम शाहले पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरूलाई खेल सामग्री प्रदान गरेका थिए।