वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले राजीनामा दिएका छन्। शर्माले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामापत्र बुझाएका हुन्।
सरकारलाई काम गर्न सहज होस् भनेर आफूले राजीनामा दिएको डा. शर्माले बताए। ‘अध्यादेश जारी भइसकेको छ, यसबाट बन्ने नियमावलीले साना नियुक्तिलाई छुन्छ, त्यसैले सरकारकालाई सहज होस् भनेर मैले राजीनामा दिएँ,’ उनले भने।
यसअघि १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेका थिए। त्यससँगै अधिकांश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले राजीनामा दिइसकेका छन्।
न्याम्सका तत्कालीन उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको सिफारिसमा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. शर्मालाई २७ फागुन २०८१ मा निर्देशकका रूपमा नियुक्त गरेका थिए।