रास्वपाद्वारा स्वास्थ्य तथा जनसंख्या विभागलाई संघीय संरचनाअनुसार विस्तार गर्ने तयारी

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनभित्र रहेको स्वास्थ्य तथा जनसंख्या विभागलाई संघीय संरचनाअनुरूप केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीका अनुसार विभागलाई तल्लो तहसम्म सुदृढ बनाउँदै स्वास्थ्य क्षेत्रमा नीतिगत हस्तक्षेपका कार्यक्रमहरू सञ्चालन गरिनेछ। उनले हाल स्वास्थ्य सेवामा देखिएका समस्या अस्पतालमा अत्यधिक भिड, उपचार खर्चमा वृद्धि तथा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव उपचार सेवाको कमीभन्दा बढी प्रणालीगत कमजोरीसँग सम्बन्धित रहेको बताइन्।

डा. कार्कीले स्वास्थ्य प्रणालीमा दीर्घकालीन सुधार ल्याउन संरचनात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै प्राविधिक तथा नीतिगत दुवै तहमा पहल गरिने स्पष्ट पारिन्। यसका लागि विभागमार्फत योजनाबद्ध ढंगले काम अघि बढाइने उनको भनाइ छ।

यस अभियानलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा दक्ष जनशक्तिलाई समेट्ने तयारी गरिएको रास्वपाले जनाएको छ। चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधिसम्बद्ध इन्जिनियर तथा व्यवस्थापन क्षेत्रका पेसाकर्मीहरूलाई विभागमा सहभागी हुन आग्रहसमेत गरिएको छ।

सुझावित समाचार