राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट पदमुक्त भएका छन्। सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशपछि उनी पदमुक्त भएका हुन्।
प्राधिकरणले सोमबार भट्टको बिदाइ गरेको छ। उनले १४ महिना प्राधिकरणको नेतृत्व गरे। तत्कालीन गृहमन्त्री रमेश लेखकले पार्टी निकटस्थलाई प्राधिकरणमा नियुक्त गरेको भन्दै उनको नियुक्ति विवादमा परेको थियो।