लोकप्रिय बन्दै सिजी मेरिडियाको एआई स्मार्ट एयर फ्रायर

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

सिजी ब्रान्डअन्तर्गतको ‘सिजी मेरिडिया’को एआई सञ्चालित स्मार्ट एयर फ्रायर लोकप्रिय बनेको बताइएको छ । घरेलु उपकरण शृंखलामा सिजी एमआरएएफ–८ एलएआई स्मार्ट एयर फ्रायर मोडेलले ६ महिनामै नेपाली उपभोक्ताको मन जितेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार उक्त एयर फ्रायर नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिसहित सार्वजनिक गरिएको छ । उक्त मोडेलमा जडान गरिएको इन्टरनल क्यामरा र एआई प्रणालीले खानाको प्रकार र तौल पहिचान गरी आवश्यक तापक्रम र समय स्वतः निर्धारण गर्नेछ । यसले ग्राहकको समय बचत गराउने बताइएको छ । 

कम्पनीका अनुसार प्रयोगकर्ताले घरायसी काममा व्यस्त हुँदा पनि सिजी स्मार्ट होम एपमार्फत मोबाइलबाटै उपकरण नियन्त्रण गर्न सक्नेछन् । आठ लिटर क्षमताको यो स्मार्ट एयर फ्रायर मध्यम तथा ठुला परिवारका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । यसैगरी, एयर फ्रायरमा ‘वाटर स्प्रे’ प्रविधि प्रयोग गरिएको छ, जसले खाना सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो बनाउने बताइएको छ । साथै, ९० प्रतिशतसम्म कम तेल प्रयोग गरेर परिकार तयार गर्न सकिने विशेषता पनि समावेश रहेको कम्पनीले जनाएको छ । उपकरणमा १८ सय वाट क्षमताको कन्भेक्सन हिटिङ प्रणाली र र्यापिड एयर फ्लो प्रविधि जडान गरिएको छ, जसले खाना छिटो र सबैतिरबाट समान रूपमा पकाउन सहयोग पुर्याउनेछ । 

यो मोडेल झरी र ओसिलो मौसमको सहयात्री बन्न सक्ने बताइएको छ । २५ वटा स्वचालित मेनु यसमा छन्, जसले समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राई वा केक जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुने कम्पनीले बताएको छ ।  कम्पनीका अनुसार छोटो अवधिमै उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा स्मार्ट र स्वास्थ्य–मैत्री उपकरणप्रतिको रुचि बढ्दो रहेको संकेत गरेको छ । यो एयर फ्रायर देशभर रहेका सिजी डिजिटल तथा एलजी सोरुम, आधिकारिक विक्रेता सञ्जाल तथा अनलाइनमार्फत उपलब्ध हुनेछ । साथै, देशभरका सेवा केन्द्रबाट बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने पनि बताइएको छ । 
 

सुझावित समाचार