उपत्यकाका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

प्रहरीले अनैतिक गतिविधि हुने सूचनाका आधारमा काठमाडौं उपत्यकाका मसाज सेन्टरहरूमा छापा हानेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार छापा हानेको हो।

ती मसाज सेन्टरबाट दुई सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई सय ४० महिला र ८ जना पुरुष छन्। ठमेल, बौद्ध तथा ललितपुरमा मसाजमा छापा हानिएको कार्यालयले जनाएको छ। मसाज सेन्टरको आवरणमा वेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा छापा हानिएको प्रहरीले जनाएको छ। 

सुझावित समाचार