आइसिसी महिला च्यालेन्ज कप क्रिकेट प्रतियोगितामा नेपाल दोस्रो भएको छ । नेपालले शुक्रबार इटालीलाई आठ विकेटले हराउँदै दोस्रो स्थान हात पारेको हो । उपाधि विजेता अमेरिकाले आठ खेलमा सर्वाधिक १३ रन बनायो ।
दोस्रो भएको नेपालले आठ खेलमा पाँच जित र तीन हार सामना गरी १० अंक जोड्यो । रुवान्डामा चलेको च्यालेन्ज ट्रफीमा इटालीले आफ्नो अन्तिम खेलमा पहिलो ब्याटिङ गरी सात ओभरमा ६ विकेट गुमाएर ३६ रन बनाएको थियो ।
प्रत्युत्तरमा नेपालले ३.३ ओभरमा दुई विकेटको क्षतिमा ४० रन बनायो । नेपालको जितमा पूजा महतोले ६ बलमा १३ रन तथा सम्झना खड्काले ६ बलमा नौ रनको योगदान दिएका थिए । कप्तान इन्दु वर्माले सात बलमा नौ रन बनाइन् । बलिङमा मनीषा उपाध्यायले इटालीका तीन खेलाडीलाई आउट गरिन् । उनले आफ्नो स्पेलमा १० रन खर्चेकी थिइन् ।