चीन–जापान समुद्री सहयोग यसकारण अपरिहार्य

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

जापानले पूर्वी चीन सागरमा बेइजिङको क्षेत्राधिकारमा पर्ने समुद्री क्षेत्रभित्र चीनका वैध तेल र ग्यास विकास गतिविधिलाई निरन्तर चुनौती दिइरहेको छ । एकतर्फी समुद्री दाबीमा जोडिएर जापानले अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्तलाई बेवास्ता गरेको देखिन्छ । टोकियोले चीनको समुद्री अधिकारको प्रयोगमा समेत हस्तक्षेप गरेको छ । चीनको प्राकृतिक ग्यास क्षेत्रको विकास र सुविधाको निर्माण यसको क्षेत्राधिकारयुक्त पानी क्षेत्रभित्र पूर्ण रूपमा वैध गतिविधि हुन् । 

चिनियाँ गतिविधि समुद्रको कानुनसम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खान्छ र कुनै पनि देशलाई यस विषयमा हस्तक्षेप गर्ने वा यस्ता गतिविधिको आलोचना गर्ने अधिकार छैन । पूर्वी चीन सागर मुद्दाको मूल विषय विशेष आर्थिक क्षेत्रको सीमांकन, समुद्री स्रोतहरूको विकास र समुद्री रणनीतिक हितको सम्बन्धमा चीन र जापानबिच लामो समयदेखि रहेको मतभेद हो ।

पछिल्ला समयमा जापानले चीन–जापानी महाद्वीपीय पत्रको प्राकृतिक सीमाको भौगोलिक वास्तविकतालाई निरन्तर बेवास्ता गरेको छ । बरु, यसले अरूमाथि अनुचित माग लाद्न एकपक्षीय ‘मध्यरेखा’ दाबीलाई जबर्जस्ती बढावा दिन्छ । टोकियोले समुद्रको अन्तर्राष्ट्रिय कानुनको भावनालाई उल्लंघन गर्छ र चीन–जापान द्विपक्षीय सम्बन्धको स्वस्थ विकासको आधारभूत हितविपरीत कार्य गर्दै आएको छ । द्विपक्षीय सम्बन्धले दुवै देशलाई सहकार्य गर्न उत्प्रेरित गर्छ ।

टोकियोले अब अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने उद्देश्यले अतिशयोक्ति र झुट बोलेर मुद्दालाई बढाउन खोजिरहेको छ । नवनिर्मित सुविधा ‘एकतर्फी रूपमा यथास्थिति परिवर्तन गर्ने’ हो भनी दाबी गरेर यसले कट्टरपन्थी घरेलु भावनालाई उक्साउन र बाह्य शक्तिलाई हस्तक्षेप गर्न बाध्य पार्न चाहन्छ । यो चीनको समुद्री अधिकारमाथि हस्तक्षेप गर्ने, पूर्वी चीन सागरका स्रोतमाथि नियन्त्रण कब्जा गर्ने र क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्ने निर्लज्ज प्रयास हो ।

पूर्वी चीन सागरमा तनाव बढाउने जापानको प्रयासको गहिरो राजनीतिक उद्देश्य छ । यसले सैन्यीकरण र हतियार बिक्रीमा प्रतिबन्ध हटाउने डरलाग्दो झुकावबाट अन्तर्राष्ट्रिय समुदायको ध्यान मोड्न चाहन्छ । स्मरण रहोस्, पूर्वी चीन सागरमा चीनको गतिविधिले कानुनी सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको निरन्तर पालना गरेको छ ।

भू–आकृतिगत र भौगोलिक विशेषताले पूर्वी चीन सागरको महाद्वीपीय पत्र चीनको भूभागको प्राकृतिक विस्तार हो भनेर संकेत गर्दछ र पूर्वी चीन सागरमा चीनको महाद्वीपीय पत्रको अन्त्यलाई अंकित गर्ने विशिष्ट विशेषता भएको एक महत्वपूर्ण भौगोलिक एकाइ छ । चीनको आफ्नो क्षेत्राधिकारयुक्त पानीभित्र स्रोतहरूको अन्वेषण र विकासले सार्वभौम अधिकारको वैध अभ्यास स्थापित गर्छ । यी गतिविधि कानुनी प्रक्रियाबाट पालना गरिन्छन् र खुला तथा पारदर्शी तरिकाले सञ्चालन ह्न्छुन्, जसले अन्तर्राष्ट्रिय कानुन र तथ्यात्मक समीक्षाअन्तर्गत छानबिनको सामना गर्न सक्ने प्रमाणको पूर्ण शृंखला बनाउँछ ।

तटीय राज्यहरूले आफ्नो क्षेत्राधिकारको पानीभित्र प्राकृतिक स्रोत विकास गर्नु सामान्य अभ्यास हो । जापानको आधारहीन हस्तक्षेप र यी गतिविधिमा अवरोधले दोहोरो मापदण्ड र स्पष्ट रूपमा अनुचित व्यवहारलाई प्रतिबिम्बित गर्छ । जापानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मात्र गर्दैन, बरु अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्न तथ्यलाई पनि विकृत गर्छ । कूटनीतिक स्तरमा यस्ता कदमले चीन–जापान सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ ।

समुद्रमा बढ्दो नजिकको दूरीको नौसेना र हवाई गतिविधिले गलत हिसाब र द्वन्द्वको जोखिम बढाउँछ, जसले गर्दा पूर्वी चीन सागरमा शान्ति र स्थिरतालाई कमजोर बनाउँछ । अन्तर्राष्ट्रियस्तरमा जापानले तथाकथित ‘चीन खतरा’लाई बढाइचढाइ गर्छ र बाह्य शक्तिलाई हस्तक्षेप गर्न आह्वान गर्छ, जसले पूर्वी एसियामा क्षेत्रीय सहयोगमा बाधा पुर्याउँछ । चीनले जापानको उत्तेजनाको दृढतापूर्वक प्रतिक्रिया दिएको छ र एक इन्च पनि नझुकी आफ्नो सार्वभौमसत्ता र समुद्री अधिकारलाई कायम राखेको छ ।

बेइजिङले जापानको गैरकानुनी दाबीलाई दृढतापूर्वक अस्वीकार गरेको छ र पूर्वी चीन सागरमा तेल र ग्यास स्रोत विकासलाई निरन्तरता दिएको छ । साथै, चीनले समुद्री विवाद शान्तिपूर्ण रूपमा समाधान गर्ने, कूटनीतिक सञ्चार माध्यम खुला राख्ने र संवादमार्फत मतभेद व्यवस्थापन गर्ने कुरामा पनि विश्वास गर्छ । यस्तै प्रबिद्धता जापानबाट पनि आएको बेइजिङ देख्न चाहन्छ । 

दृष्टिकोण तनाव बढाउनु होइन, बरु कानुनअनुसार आफ्नो अधिकारको रक्षा गर्नु र तर्कसहित अरूलाई मनाउनु हो । आधिकारिक कथन, व्यावसायिक विश्लेषण र निरन्तर विश्वव्यापी संलग्नता शान्तिपूर्ण मनसाय प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय समुदायको समर्थन लिने प्रयासका महत्वपूर्ण हिस्सा हुन् । 

समुद्रमा शान्ति र स्थिरता यस क्षेत्रका सबै राज्यहरूको साझा हित हो र समुद्री सहयोगले चीन र जापान दुवैलाई फाइदा पुर्याउँछ । चीनले पारस्परिक सम्मानको आधारमा वार्तामार्फत समुद्री विवाद समाधान गर्ने कुरामा निरन्तर वकालत गर्दै आएको छ । चीन जापानसँग रचनात्मक संवादमा संलग्न हुन र समुद्री वातावरण संरक्षण, समुद्री खोज र उद्धार र माछा पालन संरक्षणजस्ता कम संवेदनशील क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रवर्द्धन गर्न इच्छुक छ । र, टोकियोबाट पनि यस्तै सहयोगको अपेक्षा गर्छ ।

पूर्वी एसियामा शान्ति र स्थिरताले आज धेरै चुनौतीको सामना गरिरहेको छ । समुद्री सहयोग र विकास जनताको चाहना हो । चीनले अन्तर्राष्ट्रिय कानुनको पालना गर्न, आफ्नो समुद्री अधिकारको रक्षा गर्न र क्षेत्रीय स्थिरतालाई प्रवर्द्धन गर्न जारी राख्नेछ । निर्देशक सिद्धान्त सरल छ, चीनले समस्या निम्त्याउँदैन, न त डराउँछ । 

(चाइना डेलीबाट)

सुझावित समाचार