इतिहासमा आज

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९४५ : सोभियत फौजले बर्लिन कब्जा गरेपछि हिटलर र उनकी पत्नी इभा ब्राउनले आत्महत्या गरे ।

सन् १८०३ : अमेरिकी चान्सलर रोबर्ट लिभिङस्टन र जेम्स मनरोले पेरिसमा ‘लुजियाना खरिद’ सम्झौतामा हस्ताक्षर गरे । फ्रान्सबाट १.५ करोड डलरमा लुजियाना खरिद गरेसँगै अमेरिकाको क्षत्रफल दोब्बर भयो ।

सन् १७८९ : जर्ज वासिंटनले न्युयोर्क सहरको फेडरल हलमा अमेरिकाको पहिलो राष्ट्रपतिको रूपमा शपथ लिए ।

सन् १९७५ : कम्युनिस्ट उत्तर भियतनामी फौजले साइगन (हालको होचि मिन्ह सहर) कब्जा गर्यो ।

सुझावित समाचार