घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्पटन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलर नेपाली बजारमा सार्वजनिक भएको छ ।
आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताका साथ तयार गरिएको यो नयाँ शृंखलाले आवश्यकताअनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस शृंखलामा समावेश क्रम्पटन ब्रान्डका ओजन, गाले, जेलुस, अप्टिमस, सियोर ब्रिज–जेडी पिएसी मोडेलमा पानीट्यांकीको क्षमता, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन् ।
क्रम्पटनका टावर प्रकारका कुलर सानो स्थानमा मिल्ने र आधुनिक घर सजावटसँग मेल खाने गरी बनाइएका छन् । त्यस्तै, पर्सनल कुलर साना कोठा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त छन् । नयाँ वर्ष ०८३ को अवसरमा कम्पनीले आकर्षक योजनासमेत ल्याएको छ ।
जसअन्तर्गत सीमित अवधिका लागि विशेष छुट प्रदान गरिनेछ । साथै, प्रत्येक १५ दिनमा गरिने लक्की ड्रमार्फत खरिदकर्तामध्ये एकजनाले क्रम्पटनको मिक्स्चर पाउने कम्पनीले जनाएको छ । एकजना भाग्यशाली विजेताले डबल डोर रेफ्रिजेरेटर पाउनेछन् ।