प्रोटोनको ‘सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सुरु

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सेल्स एन्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । कम्पनीले १३ वैशाखदेखि १५ गतेसम्म नेपालभर रहेका सबै प्रोटोन सोरुमहरूमा योजना सञ्चालन गरेको हो । 

योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर प्रोटोनका विभिन्न मोडेलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, एक वर्षको निःशुल्क बिमा, एक वर्षको रोड ट्याक्स, सात किलोवाटको चार्जर तथा आठ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।

सुझावित समाचार