सिजीले ल्यायो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

सिजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा नयाँ र शक्तिशाली हाई पर्फमेन्स स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो प्रिमियम सिरिज सिजी मेरिडियाअन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडेल बजारमा ल्याएको हो । १५ वटा मोडेलका साथ बजारमा नेतृत्व गर्ने दाबी गरेको सिजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको बताएको छ । 

अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सिजी मेरिडियाअन्तर्गत नयाँ मोडेलसहित तीनवटा उच्चस्तरीय फ्यान उपलब्ध छन् । जसले स्मार्ट फिचर र प्रिमियम लुक्सको उत्कृष्ट सम्मिश्रण प्रदान गर्ने कम्पनीको भनाइ छ । 

सिजी स्ट्यान्ड फ्यान रेन्जमा नौवटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानले घरदेखि कार्यालयसम्मका आवश्यकतालाई पूरा गर्ने बताइएको छ । औद्योगिक वा ठूला हलका लागि उच्च क्षमता तीनवटा शक्तिशाली फर्राटा फ्यान उपलब्ध छन् । यसरी सिजी ब्रान्डले कुल १५ वटा मोडेलको विस्तृत रेन्ज नेपाली बजारमा उपलब्ध गराएको कम्पनीको भनाइ छ । 

See More On

सुझावित समाचार