नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण
नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ११–१५ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २२ वटा दल–समूह मिलेर बनेको नेकपाले काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको हो। बैठकले दस्ताबेज र प्रतिनिधिसम्बन्धी व्यवस्था कार्यसमिति बैठकबाट गर्ने निर्णय पनि गरेको छ।

सुझावित समाचार