सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यान प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका– ६, दारिमज्युलाका यज्ञबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला अदालत दाङले ०५२ माघ २३ गते सवारी ज्यान मुद्दामा १३ दिनको कैद सजायको फैसला गरेको थियो । घटना घटेको दिनदेखि फरार बोहरालाई दारिमज्युलास्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाले जानकारी दिएको छ । 
 

सुझावित समाचार