नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। भोलि सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक ०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
त्यसअघि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।