११२ जना सुकुमवासीलाई सुन्दरीघाटस्थित राधास्वामी आश्रममा लगियो

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

बागमती नदीकिनारका अवैध संरचना हटाउने क्रममा घरबारविहीन बनेका ११२ जना सुकुमवासीलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा अस्थायी रूपमा राखिएको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सम्पर्कमा आएका तथा महानगरले खोजी गरेर पहिचान गरेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो। अन्य प्रभावित र वास्तविक सुकुमवासीहरूको खोजीकार्य अझै जारी रहेको उनले बताए।

आश्रयस्थलमा राखिएका व्यक्तिहरूको खानपानको व्यवस्था महानगरपालिकाले नै गर्ने जनाएको छ। उनीहरूलाई आश्रममा स्थानान्तरण गर्नुअघि त्रिपुरेश्वरमा आवश्यक विवरण (रेकर्ड) संकलन गरिएको थियो।

महानगरपालिकाले विस्थापितहरूको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै थप सहयोग र राहतका कार्यक्रम अघि बढाउने तयारी गरेको जनाएको छ।

सुझावित समाचार