विमानस्थलपरिसरका पाँच होटेललाई १४ लाख जरिवाना

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलपरिसरमा सञ्चालित पाँचवटाहोटेललाई अधिकतम खुद्रा बिक्री मूल्य कार्यान्वयन नगरेको, मूल्यसूची टाँस नगरेकोलगायत कैफियत भेटिएपछि १४ लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सान इन्टरप्राइजेज, ओरियन्टल होटेल, टी थ्री थकाली र साई किरण इन्टरप्राइेजलाई तीन–तीन लाख रुपैयाँ तथा होटेल सोनिगलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको हो । त्यस्तै, सोल्टी होटेललाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ ।

See More On

सुझावित समाचार