थापाथली सुकुमवासी बस्तीआसपास सिसिटिभी जडान सुरु

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

प्रहरीले थापाथलीस्थित सुकुमवासी बस्तीआसपासका क्षेत्रमा सुरक्षा निगरानी सुदृढ बनाउन सिसिटिभी क्यामेरा जडान कार्य सुरु गरेको छ।

बस्तीनजिकका सडककिनारमा रहेका विद्युत् पोलहरूमा क्यामेरा जडान गर्ने काम अघि बढाइएको प्रहरीले जनाएको छ। सार्वजनिक सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ।

प्रहरीका अनुसार सिसिटिभी जडानपछि क्षेत्रका गतिविधिहरूको निगरानी प्रभावकारी हुने, आपराधिक घटना नियन्त्रणमा सहयोग पुग्ने तथा आवश्यक पर्दा प्रमाण संकलन गर्न सहज हुने अपेक्षा गरिएको छ।

काठमाडौं प्रहरी परिसरले यो कार्य नियमित सुरक्षा व्यवस्थापन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको जानकारी दिएको छ।

सुझावित समाचार