संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत फेला

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– १०, चन्दनपुरमा एक पुरुष मृत भेटिएका छन्। बिहीबार बिहान करिब ८ बजेतिर खाँदबारी– १०, चन्दनपुरका स्थानीय ४५ वर्षीय भेषराज पोख्रेल घरनजिकै खेतमा मृत भेटिएका खाँदबारी– १० का वडाध्यक्ष वेदबहादुर चौहानले बताए।

चौहानका अनुसार बिहानै घरनजिकै खेतमा घोप्टो परेर मृत अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरी आवश्यक अनुसन्धानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको वडाध्यक्ष चौहानले जानकारी दिए।

पोख्रेलका दुई छोरी र श्रीमती छन्। श्रीमती छोरीहरू पढाउन इटहरी बस्ने गर्छिन् भने पोख्रेल वृद्धा आमासँग घरमा बस्दै आएका थिए। घटनाको प्रहरी निरीक्षक धीरज राईको कमान्डमा टोली खटाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए। 

आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा भएपछि मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा दिइने प्रहरीले जनाएको छ।
 

सुझावित समाचार