गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी दिएका छन् ।
उनले पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएकाले राजीनामा दिएको जनाएका छन् ।
उनले आफ्ना लागि पदभन्दा ठुलो कुरा नैतिकता भएकाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । जनविश्वासभन्दा ठुलो शक्ति अरू कुनै हुँदैन भन्दै उनले आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको आन्दोलनले पनि यही सन्देश दिएको बताए ।
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गरेका हुन्।
दुवै सदनको बैठक वैशाख १७ गते बिहीबार दिउँसो २ बजेलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
विदेशमा रहेका नेपालीका लागि रास्वपाले ‘प्रोफाइल बैंक’ स्थापना गर्ने
सत्तारूढ रास्वपाले विदेशमा रहेका नेपालीको ज्ञान, सिप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने भएको छ । ‘समर्थक भएर संसद् बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने नाराका साथ रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।
यसले नेपालमा भित्र्याउन सकिने सकिने पुँजी तथा लगानी अवसरहरूको पहिचान, विदेशमा सिकिएका सिपलाई नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास, स्वदेश फर्कने लगानीकर्ताका लागि मार्गदर्शन हुने रास्वपाको विश्वास छ । प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सुरु गरिने प्रवास नेपाली सम्पर्क विभागका संयोजक दीपक बोहराले जानकारी दिए ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले काम थाल्यो
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।
२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँचसदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।
काठमाडौं उपत्यका मेयर्स फोरमले भन्याे– वैशाख १५ देखि पठनपाठन सुरु गर्नू
काठमाडौं उपत्यकाका मेयरहरूले वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न गराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्।
काठमाडौं उपत्यका मेयर्स फोरमको बुधबारको बैठकले वैशाख ११ देखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ गतेदेखि नियमित पठनपाठन गर्न उपत्यकाका पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो।
दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
काठमाडौं जिल्ला अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। बुधबार न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सात दिन म्याद थप गरिदिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्नका लागि म्याद थपको माग गरेको थियो।
अजिरकोट गाउँपालिकाको भच्चेक, नम्की र आसपासका क्षेत्रहरू यतिवेला सुन्दर देखिएका छन्। शान्त वातावरण, चिसो हावापानी र वरिपरि देखिने हिमाली दृश्यहरूले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गर्छ। पछिल्ला दिनहरूमा भच्चेक, नम्की आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।
दीपक भट्टले आफ्नै परिवारबाट ऋणपत्र खरिद–बिक्री गरेकाे खुलासा
दीपक भट्टसँग सम्बन्धित ऋणपत्र कारोबारमा थप गम्भीर अनियमितता भेटिएको छ । प्रारम्भिक जाँचबुझअनुसार उनले आफू र आफ्नै परिवार तथा सम्बन्धित कम्पनीहरूको सञ्जाल प्रयोग गरी योजनाबद्ध रूपमा ऋणपत्रको मूल्य बढाउने काम गरेका छन् । उनले एनआइएमबिडी ९० नामक ऋणपत्र १६ कात्तिक ०८२ मा हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट एक लाख चार हजार ४०३ कित्ता खरिद गरेका थिए ।
कञ्चनपुरमा आरक्षपीडितको अर्धनग्न आन्दोलन
पुनर्स्थापनाको माग अघि सारेर गत सातादेखि निरन्तर आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितले अर्धनग्न आन्दोलन गरेका छन् । बुधबार कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनसहित प्रशासन कार्यालय अगाडि अर्धनग्न आन्दोलन गरेका हुन ।
प्रवासी १० लाख नेपालीलाई जोड्ने रास्वपाको अभियान, दोहोरो नागरिकता र मताधिकारमा पहल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्सको स्रोत नभई राष्ट्र निर्माणका सक्रिय सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न महत्त्वाकांक्षी कार्यक्रमहरू सार्वजनिक गरेको छ।