कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने सिनेमा सारथीको शुभमुहूर्त गरिएको छ । निर्माण टाेली सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।
वैशाख ९ गते बुधबारबाट सिनेमाको गुर्जा खानीआसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा सारथीको छायांकन गरिने निर्देशक गजुरेलले बताए । यो सिनेमाबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको सम्पादनको अनुभवसहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन् ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको सिनेमाबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ । जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ । अभिनेत्री सिंह सिनेमाको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् । उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने तयारीमा छन् ।
यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए । अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागिता रह्यो ।
सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।
उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन सुरु गरिने
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
३ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
२ हप्ता अघि
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
१ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…