पर्यटकीय राजधानी सहर पोखराको प्रमुख पर्यटकीय क्षेत्र पोखरा महानगरपालिका–६, लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिएको अभियोगमा १६ महिलालाई प्रहरीले प्रकाउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
लेकसाइड क्षेत्रमा रातिको समयमा विभिन्न महिलाहरूले पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो आएपछि खटिएको प्रहरी टोलीले ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए।
गएराति १२ः३० बजेदेखि बिहान २ बजेसम्मको समयमा उनीहरूलाई लेकसाइड क्षेत्रबाट पक्राउ गरिएको पाण्डेले जानकारी दिए। उनका अनुसार पक्राउ परेका महिलाउपर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढेको छ।