वैशाख ५ देखि ११ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख ५ गते शनिबारदेखि ११ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यस साता तपाईंका लागि प्रारम्भिक समय केही चुनौतीपूर्ण देखिन्छ । घरेलु समस्या, स्वास्थ्यमा गिरावट तथा शत्रुहरूको सक्रियताले मनमा अशान्ति ल्याउन सक्छ । काममा उतारचढाव आउने र सोचेका कार्य समयमा पूरा नहुने सम्भावना छ । साताको अन्त्यतिर केही नयाँ अवसर प्राप्त हुन सक्छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यो साता समग्रमा सकारात्मक रहने देखिन्छ । प्रारम्भमा जोश, जाँगर र आत्मविश्वास बढ्नेछ, जसका कारण तपाईंले आँटेका कामहरू सजिलै सम्पन्न गर्न सक्नु हुनेछ ।व्यापारमा केही सामान्य चुनौती देखिए पनि अन्ततः फाइदा हुने संकेत छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मानसिक तनाव, विवाद तथा अनावश्यक चिन्ताले काममा बाधा पुर्याउन सक्छ । शत्रु तथा विरोधीहरू सक्रिय हुने र झुटा आरोपको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । पारिवारिक वातावरण पनि केही असहज हुन सक्छ । तर, धैर्यता र संयम अपनाएमा साताको मध्यदेखि परिस्थिति सुधार हुँदै जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यो साता तपाईंका लागि उपलब्धिमूलक रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । आम्दानीका नयाँ स्रोतहरू देखापर्नेछन् र आर्थिक अवस्था सुदृढ बन्नेछ । व्यापार तथा पेसागत क्षेत्रमा प्रगति हुनेछ । यात्रा गर्ने अवसर पनि प्राप्त हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो साता मिश्रित फल प्राप्त हुनेछ । प्रारम्भमा खर्च, विवाद र मानसिक तनाव बढ्न सक्छ । काममा अवरोध आउने तथा शत्रुहरूको सक्रियता बढ्ने सम्भावना छ । परिवारबाट अपेक्षित सहयोग नपाउन सकिए पनि अन्य क्षेत्रबाट समर्थन मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) यो साता तपाईंका लागि निकै राम्रो रहनेछ । आर्थिक लाभ, मानसम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । अध्ययन तथा बौद्धिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । अधुरा काम पूरा हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछन् । सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यो साता तपाईंका लागि मिहिनेतको फल प्राप्त हुने समय हो । आम्दानीका स्रोतहरू विस्तार हुनेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ । आत्मविश्वास बढ्नेछ र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध प्रगाढ हुनेछ । बुधबार र बिहीबार खर्च, विवाद तथा मानसिक तनाव बढ्न सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो साता प्रारम्भमा केही निराशा, अन्योल तथा मानसिक अस्थिरता देखिन सक्छ । अध्ययन, व्यापार तथा आम्दानीमा राम्रो प्रगति हुनेछ । सामाजिक कार्यक्रममा सहभागी भई सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । तपाईंको इमान्दारिता र मिहिनेतको उचित मूल्यांकन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यो साता प्रारम्भमा स्वास्थ्य समस्या, आलस्यता तथा खर्च वृद्धि हुन सक्छ । काममा अवरोध आउने तथा निर्णयमा अन्योल देखिन सक्छ । तर, साताको उत्तरार्द्धमा परिस्थिति सुधार हुनेछ ।  भाग्यले साथ दिनेछ र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । विदेश यात्राको अवसर प्राप्त हुन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) यो साता राम्रो भए पनि सानातिना समस्या देखिन सक्छन् । व्यापार तथा आम्दानीमा वृद्धि हुनेछ । सामाजिक सम्बन्ध सुदृढ हुनेछन् र सम्मान प्राप्त हुनेछ । अध्ययन तथा वैदेशिक कार्यमा सफलता मिल्नेछ । तर, बिहीबार स्वास्थ्य समस्या, आर्थिक जोखिम हुने सम्भावना भएकाले सावधानी अपनाउनु पर्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) यो साता परिश्रमको उचित फल प्राप्त हुनेछ । अध्ययन, व्यापार तथा आम्दानीमा प्रगति हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर, साताको मध्यतिर स्वास्थ्य समस्या, आर्थिक तनाव तथा मानसिक चिन्ता बढ्न सक्ने भएकाले महत्वपूर्ण निर्णय केही समयका लागि टार्नु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा केही कठिनाइ देखिन सक्छ । गलत निर्णय, विवाद तथा काममा अवरोध आउन सक्छ । तर, धैर्यता अपनाएमा साताको मध्यदेखि सुधार हुनेछ । सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ र परिवारबाट सहयोग प्राप्त हुनेछ । मानसम्मान बढ्ने सम्भावना छ ।

See More On

सुझावित समाचार