अख्तियारको छानबिनमा रहेका धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार बेलुका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा दिएका हुन्। मन्त्रालयमा पुगेर उनले राजीनामा दिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
आवश्यकता र अभिभावकसँगको परामर्शमा भर्ना र पठनपाठन थाल्न गाउँपालिका र नगरपालिका संघको सुझाव
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले आवश्यकता र अभिभावकसँगको परामर्शमा विद्यालय तहमा भर्ना र पठनपाठन थाल्न पालिकाहरूलाई सुझाव दिएका छन्।
संघ सरकारले १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि पठपाठनको निर्णय गरे पनि कतिपय स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गरेर भर्ना सुरु गरेपछि अन्योल बढेको थियो।
सरकारी अस्पतालहरूमा आइतबार र शनिबार सार्वजनिक बिदा
स्वास्थ्य मन्त्रालयले डाक्टर तथा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई आइतबार र शनिबार बिदा दिने भएको छ ।
मन्त्रालयले अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू अन्य दिनजस्तै २४ सै घण्टा सञ्चालनमा गर्न निर्देशन दिँदै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने निर्णय गरेको हो । अब सरकारी अस्पतालहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ । उक्त अवधिमा ओपिडी सेवा ठप्प हुनेछ ।
सर्वोच्चद्वारा प्रधानमन्त्री शाहलाई वारेसमार्फत तारिख धान्ने सुविधा
सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाह (बालेन)विरुद्ध चलिरहेको अदालतको अवहेलना मुद्दामा वारेस राखेर तारिख धान्ने सुविधा प्रदान गरेको छ। न्यायाधीश हरि फुयाँल र शान्तिसिंह थापाको इजलासले उक्त निर्णय गरेको हो।
वैदेशिक रोजगारीका लागि विज्ञापन गर्दा सम्पर्क व्यक्तिको विवरण खुलाउन निर्देशन
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि विज्ञापन गर्दा सम्पर्क व्यक्तिको विवरण खुलाउन निर्देशन दिएको छ।
वैदेशिक रोजगारसम्बन्धी विज्ञापनमा सम्पर्क व्यक्तिको विवरण नभएको गुनासोपछि विभागले शुक्रबार सूचना जारी गर्दै सम्पूर्ण विवरण खुलाउन भनेको हो। वैदेशिक रोजगारीका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान छ।
मेडिकल काउन्सिलले डाक्टरहरूलाई भन्यो– बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्नू
चिकित्सकहरूले अनलाइन परामर्शको नाममा विभिन्न रोग तथा बिरामीसँग सम्बन्धित सामग्रीहरू/प्रसारण–प्रकाशन गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले आपत्ति जनाएको छ ।
सामाजिक सञ्जालमा चिकित्सकहरूले भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगहरूको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्रीहरू व्यापक रूपमा प्रसारण गर्ने गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले ध्यानाकर्षणसमेत गराएको हो ।
त्रिविको जग्गा फिर्ता गर्न संघसंस्था र व्यक्तिलाई ३५ दिने अल्टिमेटम
त्रिभुवन विश्वविद्यालयले जग्गा फिर्ता गर्न विभिन्न संघसंस्था र व्यक्तिलाई ३५ दिने ‘अल्टिमेटम’ दिएको छ। त्रिविको जग्गा ओगटेर बसेका संघसंस्था र स्थानीयवासीलाई जग्गा फिर्ता गर्न अनुरोध गर्दै त्रिविले शुक्रबार ३५ दिने सूचना जारी गरेको हो।
हाँडीगाउँमा जस्तै असन क्षेत्रमा पनि हरेक शनिबार कार फ्री डे र सांस्कृतिक कार्यक्रम गरिने
हाँडीगाउँमा जस्तै असन क्षेत्रमा पनि हरेक शनिबार कार फ्री डे र सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । काठमाडौं महानगरपालिका– २५ र २७ को समन्वय र सहकार्यमा जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरू र कार फ्री डे मनाउन थालिएको हो ।
भोलि शनिबारदेखि नै यो कार्यक्रम लागू हुने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
कांग्रेस विवादमा बहस सकियो, आजै फैसलाको सम्भावना
नेपाली कांग्रेसको आधिकारिकता विवादमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो।
बिहीबार सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो। आजै फैसला आउने सम्भावना रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलेसँगै कच्चा तेलको मूल्यमा गिरावट
एसियामा इन्धन ढुवानी हुने मुख्य समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा आएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको छ। प्रतिब्यारेल (१५९ लिटर) ९८ डलर रहेकोमा सो समुद्री मार्ग खुलेसँगै कच्चा तेलको मूल्य ८८ डलरमा झरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।