सम्पत्ति लुकाउन कागजात किर्ते, भाइकाजी र यामकुमारविरुद्ध मुद्दा दर्ता

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानबाट बच्न सरकारी कागजात किर्ते गरेको पुष्टि भएपछि अख्तियारले शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कार्कीले कार्यालय समयबाहेक बिहान बेलुका पार्टटाइम काम गर्न, व्यापार व्यवसाय गर्न र अध्ययन अध्यापन गर्न स्वीकृतिका लागि पेस गरेको निवेदनमा डा. तिवारीले हस्ताक्षर गरेका थिए। तर, उक्त पत्र निवेदन अभिलेखमा फेला नपरेको र कार्यालयमा दर्ता भएको नदेखिएको आरोपपत्रमा उल्लेख छ।

कार्कीको आफूविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरको अनुसन्धानका सम्बन्धमा आय वृद्धि भएको देखाई भ्रममा पारी भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति लिने प्रयोजनका लागि सरकारी लिखत दुरुपयोग गरेको अख्तियारको ठहर छ।

सुझावित समाचार