वैदेशिक रोजगारीका लागि विज्ञापन गर्दा सम्पर्क व्यक्तिको विवरण खुलाउन निर्देशन

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि विज्ञापन गर्दा सम्पर्क व्यक्तिको विवरण खुलाउन निर्देशन दिएको छ।

वैदेशिक रोजगारसम्बन्धी विज्ञापनमा सम्पर्क व्यक्तिको विवरण नभएको गुनासोपछि विभागले शुक्रबार सूचना जारी गर्दै सम्पूर्ण विवरण खुलाउन भनेको हो। वैदेशिक रोजगारीका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान छ।

‘इजाजतपत्र प्राप्त संस्थाहरूले विज्ञापनको सूचनामा आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर एवं सम्पर्क स्थान स्पष्ट खुलाई आमनागरिकले आवेदन दिन पाउने व्यवस्था सुनिश्चित गर्न साथै, संस्थाले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर एवं सम्पर्क स्थान खुलाउन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। 

सुझावित समाचार