युएईविरुद्धको टी–२० सिरिजको कप्तानी दीपेन्द्रले गर्ने

लिग–२ खेल्ने टोली घोषणा, अर्जुन कुमाललाई मौका, विनोदको पुनरागमन

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

दुई दिनपछि सुरु हुन लागेको युएईविरुद्धको दुई खेलको टी–२० सिरिजका लागि टोली घोषणा भएको छ। 

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीमा  कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। सिरिजमा राष्ट्रिय टिमका कप्तान रहेका रोहित पौडेललाई समावेश गरिएको छैन । 

टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम र नन्दन यादव छन्। यस्तै, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, सहाब आलम र शेर मल्लले पनि स्थान बनाएका छन्। रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र राशिद खानलाई राखिएको क्यानले जनाएको छ। 

नेपाल र युएईबिच वैशाख ६ र ७ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० प्रतिस्पर्धा हुँदै छ।  

लिग– २ खेल्ने टोली घोषणा, अर्जुन कुमाललाई मौका, विनोदको पुनरागमन 
नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गत युएई र ओमानविरुद्ध हुन लागेको सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। 

रोहितकुमार पौडेलको कप्तानी रहेको १५ सदस्यीय टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन् भने विनोद भण्डारीले पुनरागमन गरेका छन्। 

नेपालको क्रिकेट टोलीममा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।  रिजर्भमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाललाई राखिएको छ। 

त्रिवि क्रिकेट मैदानमा  नेपाल, ओमान र युएईबिच वैशाख १२ देखि २२ सम्म पहिलो सिरिज तय भएको छ । लगत्तै सोही मैदानमा वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाबिच अर्को सिरिज हुँदै छ। 
 

सुझावित समाचार