बुटवलमा दर्ता नभएका इ–रिक्सामा रोक लगाउन र दोहोरो कर हटाउन माग राख्दै इ–रिक्साचालकले आन्दोलन गरेका छन्। दर्ता नभएका इ–रिक्सा बुटवलमा चलिरहेको भन्दै उनीहरूले बुटवल उपमहानगरपालिकामा दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाउन मागसहित चालकहरू उपहानगरपालिकामा पुगेर दबाब दिए ।
हाल बुटवलमा करिब इक हजार ४४० इ–रिक्सा दर्ता भएका छन्। उपमहानगरपालिकामा पुगेका चालक तथा व्यवसायीहरूले बिहीबार उपप्रमुख सावित्रादेवी अर्यालसँग कुरा राखेको बताए। हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले आफूहरूको माग दोहोरो कर हटाउनदेखि विभिन्न रहेको भन्दै उपमहानगरपालिकाका प्रमुखसमक्ष केही दिनभित्रमा माग राखेर छलफल गर्ने बताए । प्रमुख काठमाडाैं गएका कारण बिहीबार भेट हुन नसकेको भन्दै उनले प्रमुख आएपछि छलफल गरी अगाडि बढ्ने बताए ।