कांग्रेस आधिकारिकता विवादको रिट ‘हेर्दाहेर्दै’मा

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। अब यो मुद्दामा शुक्रबार पनि सुनुवाइ हुनेछ।

भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट सभापति निर्वाचित देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

सुझावित समाचार